युवतीमाथि गोली प्रहार गरी युवक फरार

101

राजेश केसरीवाल, रक्सौल, २५ मङ्सिर/
भारत, रक्सौलमा एक युवकले युवतीलाई गोली हानी घाइते बनाएका छन्। हरपुर थाना, कचुरवारी गाउँनजीक आर्केस्ट्रामा कार्यरत पूजा नामक युवतीलाई श्यामपुर बजार निवासी आजाद अन्सारी नामक युवकले गोली प्रहार गरेका हुन्।
युवतीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्। रक्सौल थानाका प्रभारी शशिभूषण शर्माले पूजामाथि गोली प्रहार भएको पुष्टि गरे। उनले युवक आजाद गोली प्रहार गरी फरार रहेको बताए। घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धानमा युवक अन्सारीले आर्केस्ट्रामा काम गर्ने पूजासँग एकतर्फी प्रेम गर्ने गरेको खुलेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्