सामाजिक सुरक्षा भत्ता वितरणमा विलम्ब

68

प्रस, सिम्रौनगढ, २४ मङ्सिर/
बाराको सिम्रौनगढ नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा  विलम्ब भएको भन्दै टीका–टिप्पणी भइरहेको बेला नगरपालिकाले विज्ञप्ति प्रकाशित गरी विद्युतीय प्रणालीको तयारीमा जाँदा केही विलम्ब भएको प्रस्टीकरण दिएको छ। लेखा अधिकृत सर्वेन्द्रप्रसाद चौधरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत  लाभग्राहीहरूलाई पालिकाले जानकारी गराएको हो।
नेपाल सरकारको नीति अनुसार सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई अझ पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउन विद्युतीय प्रणालीमा (अनलाइन सिस्टम)मा जान नगरपालिकाले तयारी गरिरहेकोले भत्ता वितरणमा केही विलम्ब हुने विज्ञप्तिमा उल्लेख छ।
अनलाइन प्रणालीको तयारी अन्तिम चरणमा पुगेकोले अब केही दिनभित्रै सामाजिक सुरक्षा भत्ताको रकम अनलाइन बैंकिङ सेवामार्फत वितरण गरिने नगरपालिकाले जानकारी गराएको छ।
यसैबीच नेकपा सिम्रौनगढ नगरकमिटीका अध्यक्ष श्यामकिशोर यादवको नेतृत्वमा सिम्रौनगढमा गत सोमवार भत्ता समयमा पाउनुपर्ने माग गर्दै जुलुस प्रदर्शन गरिएको थियो। जुलुसमा नेकपाका नेता, कार्यकर्ताहरूको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्