रौतहट बमकाण्डको अभियुक्त महताबसँग बयान शुरू

84

प्रस, रौतहट, २४ मङ्सिर/
रौतहटको राजपुर फरहदवा बमकाण्डमा पक्राउ परेका निलम्बित सांसद आफताब आलमका भाइ महताब आलमको आज बुधवारदेखि बयान शुरू भएको छ।
प्रहरीले मङ्गलवार महताबलाई अदालतमा हाजीर गराएको र अदालतले पिसिआर परीक्षण गराएर हाजीरी गर्न निर्देश गरेपछि हिजो पिसिआर परीक्षण गराइएको र आजदेखि उनको बयान लिन शुरू गरेको जिल्ला अदालत रौतहटले जनाएको छ। नारायण सिंह राजपूतको जाहेरीको आधारमा आफताब आलमसमेत संलग्न रहेको कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा महताब पनि पक्राउ परेका हुन्।
महताबसँग आज इजलास नं ६ मा बयान लिन शुरू भएको छ। ५५ वर्षीय महताबलाई प्रदेश नं २ प्रहरीले सोमवार पक्राउ गरेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्