राजनीति दुर्घटनाको बढ्दो सम्भावना

72

सुदर्शनराज पाण्डे

सत्ताधारी पार्टी नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष्F प्रचण्ड र ओलीबीचको आरोप–प्रत्यारोप, अपदस्थ राजसंस्थाको पक्षमा उर्लंदो जनलहर, राष्ट्रघात, फाँसीवाद, भ्रष्टाचारलगायत मुद्दामा प्रतिबन्धित नेकपालगायत २१ दलद्वारा वर्तमान सरकार र व्यवस्थाविरुद्ध चालिएको कदमले राजनीति दुर्घटनाको सम्भावना बढाएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रका हिमायती पार्टीका नेता, कार्यकर्ताहरूले दिक्कलाग्दो जनविरोधी, राष्ट्रविरोधी कार्य जारी राखेकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कालोे बादल मडारिएको हो।
प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष्F प्रचण्डले आफूहरू पुरिने खाल्डो आफैं खनिरहेका छन्। प्रचण्ड, ओलीलगायतले आफूहरूले गरेका कालो कर्तुतको प्रमाण आफैं जुटाइरहेका छन्। नेपाली जनताले नक्कली कम्युनिस्ट सत्ता र सङ्घीय लोकतान्त्रिक व्यवस्थाको ज्यादती र अकर्मण्यता सहनसम्म सहे। धैर्यता टुट्यो र आक्रोशित भएर यथास्थितिमा आमूल परिवर्तन गर्न सडकमा उत्रिए। स्वस्फूर्त सडकमा उत्रिएका सार्वभौम नेपाली जनतालाई प्रतिक्रियावादी, अवसरवादी पार्टीका नेताहरूले सेना र प्रहरी लगाएर दमन गराएर विरोधलाई मत्थर पार्न कदापि सक्दैनन्। सत्ताधारी र सत्ताविरोधीबीच मुडभेड चलिरहेको छ। सेना र प्रहरीले सधैं व्यवस्था टिकाउनका लागि भनेर गरिने दमन नरुचाउन पनि सक्छन्। सेना, प्रहरीले वस्तुगत परिस्थिति बुझेर, वर्तमान असफल र भ्रष्ट सत्ताको विरोत्रमा उत्रिएका जनतालाई सहयोग र समर्थन गर्न पनि सक्छन्। सेना र प्रहरीले व्यवस्थाविरोधीहरू देशभक्त हुन्, वर्तमान शासन सत्ता दलाल सत्ता हो, यसले देश र जनताको हित गरेको पाइएन, यस सत्तालाई टिकाउन जनतालाई दमन गरेर हामीले विवेक गुमाउनुहुन्न भन्ने सेना र प्रहरीका जवानहरूको सङ्ख्या ठूलो छ। राजावादीहरू, २१ दलका वामपन्थीहरू, प्रतिबन्धित नेकपा परिवर्तनकामी जनताको साथ र सहयोग पाएर आन्दोलनरत छन्। यो रहर होइन, बाध्यता हो। देशलाई बचाउन चालिएको सकारात्मक कदम हो। राष्ट्रप्रति माया भएका, जनताप्रति जिम्मेवारी बोकेकाहरू एकजुट हुनुपर्ने, कार्यगत एकता कायम गर्नुपर्ने अनिवार्य आवश्यकता आएको छ।  व्यवस्था परिवर्तनको उपयुक्त समय आएकोले नै यथास्थित र व्यवस्थाभित्रको अव्यवस्था हटाउन नै समयले ओली र प्रचण्डलाई आरोप–प्रत्यारोप, अन्तरसङ्घर्षमा उतारेको हो। भनिन्छ, समय बलवान् हुन्छ, समयभन्दा अगावै  केही पाइँदैन, समय आएपछि कोही रहँदैन। वर्तमान राजनीति, प्रकृति र प्रवृत्ति नेपाली हावा, पानी र माटोविरुद्ध छ। देश, काल र परिस्थिति अनुकूल राजनीतिक व्यवस्था ल्याएर राजनीतिका घुन विदेशी दलाल, भ्रष्टहरूलाई एउटै चिहानमा पुर्नुपर्दछ। देशले अहिले विनाश काले विपरीत बुद्धि भएका दलाल, भ्रष्ट, असफल, अयोग्य र बेइमान पार्टीका नेताहरूलाई पाखा नलगाएसम्म समुन्नतिको अवसर र आवश्यक वातावरण आउन सक्दैन भन्ने बुझेको छ। राजनीतिका मुहान, राजनीतिका निर्णायक शक्ति जनता हुन्। अहिले देशमा कायम घृणित राजनीति, षड्यन्त्र र विदेशी चलखेल रोक्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुबाहेक अर्को उपाय छैन। नेपाली जनता ढिलो जुर्मुराउँछन् र जुर्मुराएपछि राजनीति परिवर्तनविना पछि हट्दैनन्। बहुसङ्ख्यक नेपाली जनताको बहुमत सत्ताधारी नेकपाको सरकारले खडा गरेको ज्यादतीविरुद्ध छ। सत्ताधारीहरूले आफू कमजोर, असफल हँुदै गएको र व्यवस्थामा सामान्य सुधार गरेर टिकाउन नसक्ने कुरा बुझिसकेका छन्।
शान्तिपूर्ण जनसङ्घर्ष न्यायपूर्ण र निर्णायक हुने भावना जनतामा उब्जिएको छ। जनताको न्यायोचित भावनालाई दबाउन ओली र प्रचण्ड समर्थक कार्यकर्ताहरूले सक्दैनन्। आज सैल्युट मारिरहेका प्रहरी, सेना भोलि गद्दार भनेर गर्धनमा हात, पछाडि लात मार्दै जेलको कालोकोठरीसम्म पु–याउन पनि सक्छन्। देश र जनताको पक्ष्Fमा न्याय र विवेकसम्मत काम गर्ने पार्टीका नेताहरू मात्र उर्लंदो जनान्दोलनबाट सुरक्षित हुन सक्छन्। जनआन्दोलन उत्कर्षमा पुगेको बेला देश र जनताप्रति गद्दार गर्नेलाई उसले माफ गर्न सक्दैन। राजनीति सफलता र असफलताका परिणाम अनौठो हुन्छ। हिजोका दिनमा आन्दोलनलाई बीच बाटोमा छोडेर कुशासनमा हाम फालेकाहरूकै कारण देश र जनताले दुःखबाट मुक्ति नपाएका हुन्। राजनीतिक नेतृत्व, पात्र फेरिए पनि खराब प्रवृत्ति, दुष्कृत्य नहटेको हो। व्यक्तिको शासन सत्ताका लागि आन्दोलन होइन, सबैलाई सधैं फाइदा पुग्ने, सुख–शान्ति राख्ने विधि र अनुशासनको परिधिमा शासन चल्ने सुव्यवस्था निर्माण गर्न जनआन्दोलनले सक्नुपर्दछ। विधिको शासन, असल शासन नै जनताको शासन हो। अहिलेको जस्तो जनताको शासन, सिंहदरबारको अधिकार जनतामा, समाजवाद उन्मुख व्यवस्था भनेर सीमित व्यक्तिहरूको गुट, फुट र लूटलाई असल शासन र सुव्यवस्था मान्न सकिंदैन।
प्रधानमन्त्री ओलीले प्रचण्डको आरोप प्रतिवेदनमा प्रत्यारोप गर्दै सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर र संवेदनशील परिस्थिति ल्याइदिएको छ। जनताको नजरमा ओली र प्रचण्ड दुवै बेठीक, व्यवस्था, नीति, कार्यक्रम, विधि, पद्धति, प्रक्रिया र योजना सबै बेठीक भन्ने छ। ज्यादतीले उब्जाएको परिणामस्वरूप राजनीतिक व्यवस्था र अवस्थामा आवश्यक परिवर्तन ल्याउन जन असन्तुष्टि र आक्रोश बढेको हो। जनआक्रोश अन्तिम निष्कर्षमा पुग्नेछ। राजावादी, वामपन्थी पार्टी, प्रतिबन्धित विद्रोही नेकपाको एउटै लक्ष्य हो, वर्तमान शासन सत्ता र व्यवस्था तथा यसभित्र रहेका नेतृत्वलाई राजनीतिक मूलधारबाट अलग गराउनु हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्