प्रदेश प्रमुखद्वारा सिम्रौनगढ क्षेत्रको अनुगमन भ्रमण

91

प्रस, सिम्रौनगढ, २४ मङ्सिर/
बाराको सिम्रौनगढस्थित मठमन्दिरहरूको बुधवार प्रदेश नं २ का प्रमुख तिलक परियारले अवलोकन भ्रमण गरेका छन्।
प्रदेश प्रमुख परियारले भ्रमणको क्रममा आफूलाई सिम्रौनगढ क्षेत्र सा–है   मन परेको बताए। उक्त स्थलको विकासका बारेमा आफ्नो ठाउँबाट गर्न सक्ने कामलाई योजनामा पारेर नीतिगतरूपमा समेट्ने उनले बताए। सिम्रौनगढमा आन्तरिक र बाह्य पर्यटक भिœयाउन सकिने प्रचुर सम्भावना रहेको भन्दै सोको लागि आफूले सक्दो सहयोग गर्ने प्रमुख परियारले प्रतिबद्धता जाहेर गरे। मुलुक सङ्घीयतामा प्रवेश गरेपछि विकास निर्माणमा पनि तीव्रता आएको भन्दै उनले भने, “सङ्घीयताविना देशको विकास असम्भव छ। सङ्घीयताको मर्म र मान्यताको सम्बन्धमा अझ प्रस्ट हुनु जरुरी रहेको छ, जसले जनता सङ्घीयताको बारेमा राम्ररी बुझोस्।”
प्रदेश प्रमुख परियारले सिम्रौनगढका कङ्काली मन्दिर, त्रिलोकीनाथ मन्दिर, कङ्काली ईशरा पोखरी, बाबा मान्साराम समाधिस्थल, रानीवासको रामजानकी मन्दिर, हरिहरपुरको पलकियामाई भनिने तलेजु भवानी स्थललगायतका क्षेत्रहरूको अवलोकन तथा अनुगमन भ्रमण गरेका थिए।
सो अवसरमा पूर्वमन्त्री ज्वाला साह, नेकपा केन्द्रीय सदस्य डा गोपाल ठाकुर,  श्यामकिशोर यादव, इस्लाम अन्सारी, शेख मुतिमलगायत स्थानीयवासीले प्रमुख परियारलाई स्वागत गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्