पर्यटन उत्थानका लागि साझेदारी कार्यक्रम

79

प्रस, परवानीपुर, २४ मङ्सिर/
वीरगंजबाट पर्यटन उत्थानका लागि साझेदारी कार्यक्रम प्रारम्भ भएको छ। होटल तथा पर्यटन व्यवसायी सङ्घ, वीरगंजको सहयोगमा होटल तथा पर्यटन पत्रकार सङ्घ पर्साले यो अभियान प्रारम्भ गरेको हो।
यसै सन्दर्भमा बुधवार वीरगंजमा छलफल कार्यक्रम आयोजना गरियो। कोभिड महामारीको कारण नेपाल–भारत सीमा बन्द हुँदा वीरगंज सँगसँगै प्रदेश २ र नेपालकै विभिन्न धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यमा पर्यटकको आवागमन नगन्य मात्रामा भएकोले वीरगंज नाका हुँदै पर्साका पर्यटकीय गन्तव्य पर्सा राष्ट्रिय निकुञ्ज, पर्सागढी, बाराको सिम्रौनगढ, गढीमाई, निजगढ, रौतहटको नूनथर, प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम, सप्तरीको छिन्नमस्ता, महोत्तरीको सहलेशलगायतमा भारतीय पर्यटकहरूको आवागमन बढाउन संयुक्तरूपमा रणनीति बनाएर अगाडि बढ्ने सहमति भएको बताइएको छ।
वीरगंजका पुराना होटल व्यवसायी तथा ज्येष्ठ नागरिक सङ्घ पर्साका पूर्वअध्यक्ष पशुपति विक्रम शाहले वीरगंजमा आउने पर्यटकका लागि उनीहरूले खोजेका कुरा पत्ता लगाइ सहजरूपमा दिन सकियो भने मात्र एक रात होल्ड गर्न सकिने विचार राखे। उनले विगत सय वर्षदेखि वीरगंजमा आउने आगन्तुकहरू औद्योगिक प्रयोजनको लागि मात्र गरेका बताए। धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यको उपयुक्त प्याकेज बनाएर सुविधा प्रदान गरिएको खण्डमा बिहार र उत्तर प्रदेशका हजारौं पर्यटकलाई तान्न सकिने उनले धारणा राखे।
कार्यक्रममा उद्योगी तथा लड्र्स प्लाजाका सञ्चालक अनिल रूँगटाले वीरगंज तथा प्रदेश २ को पर्यटकीय गन्तव्यलाई चितवनको सौराहा, गण्डकी प्रदेशको पोखरा, काठमाडौं र हिमाली क्षेत्रको रारा तालसम्म जोड्नको लागि पर्यटन व्यवसायीबीच साझेदारी हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष हरि पन्त, पर्यटन पत्रकार सङ्घ पर्साका अध्यक्ष शङ्कर आचार्य, मकालु होटलका सञ्चालक मोहन प्रधानलगायत होटल व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता थियो।
अभियानले स्थानीय, प्रदेश र सङ्घ सरकारसँग मिलेर वीरगंज र प्रदेश २ का पर्यटकीय गन्तव्यको प्रचारप्रसारको लागि भारतका विभिन्न राज्यमा सरोकारवाला निकायसँग अन्तत्र्रिmया गर्ने जनाइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्