अटोरिक्शा पल्टिंदा ६ जना सामान्य घाइते

87

प्रस, पर्सागढी, २४ मङ्सिर/
पर्सागढी नगरपालिका–३ बडनिहारस्थित जनता सडकमा बुधवार अटोरिक्शा दुर्घटनामा परेको छ।
सिट क्षमताभन्दा बढी यात्री बोकेको अटोरिक्शा तीव्र गतिका कारण दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। अटोरिक्शामा चालकसहित चारजना बस्ने क्षमता भएपनि ६ जना बोकेर यो क्ष्Fेत्रमा अटोरिक्शा तीव्र गतिमा चल्ने गरेको छ। जसले गर्दा पटक–पटक दुर्घटना हुन्छ। प्रहरीले चालकलाई सम्झाइबुझाइ छाडिदिएको छ।
अटोमा सवार पाँचजना यात्री र एकजना चालक सामान्य घाइते भएको प्रहरीले बताएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्