वीरगंजमा ३७ वटा स्कूलबाट शिक्षक काटेर टाढाका ३४ वटामा पठाइँदै

164

प्रस, परवानीपुर, २३ मङ्सिर/
वीरगंज महानगरपालिकाले विगत दुई वर्षदेखि भन्दै आएको शिक्षकहरूको दरबन्दी मिलान कार्य यसै महीना सकाउने प्रक्रिया अघि बढाएको छ।
वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै वीरगंज नगर वरपर रहेका प्रावि, निमावि, मावि गरी ३७ वटा सरकारी स्कूलबाट वीरगंजबाट करीब ६ किलोमिटर टाढा र उत्तर पर्ने विभिन्न ३४ वटा विद्यालयमा शिक्षक पठाउने तयारी गरेको छ। नगर क्षेत्रमा बस्न र काम गर्न सहज भएकोले कम विद्यार्थी भएको विद्यालयमा पनि अत्यधिक शिक्षक दरबन्दी भएको र टाढाका स्कूलमा विद्यार्थीको सङ्ख्या बढी तर शिक्षक कम भएकाले महानगरभरिका सबै विद्यालयमा प्रभावकारी शिक्ष्Fण सिकाइ हुन सकिरहेको छैन।
विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम नहुँदा वीरगंज महानगरपालिकाको टाढाको विद्यालयमा शिक्षकहरूले धेरै मेहनत गर्नुपर्छ भनी नगर क्षेत्र आसपासका विद्यालयमा धेरै शिक्षक भएकाले शिक्षकहरू धेरै समय फुर्सतमा बिताउँछन्। नगर शिक्षा समितिको असोज ३० गते तथा नगर कार्यपालिकाको कात्तिक २० गतेको निर्णय अनुसार दरबन्दी मिलान तथा पुनर्वितरण मापदण्डको आधारमा महानगरपालिकाले सात दिने सूचना निकाल्दै दरबन्दी कट्टा हुने स्कूलबाट इच्छुक शिक्षकले दरबन्दी थप हुने स्कूलमा जानको लागि शैक्षिक प्रशासनमा निवेदन दिन अपील गरेको छ।
यसरी दरबन्दी कट्टा हुने विद्यालयबाट शिक्षकहरूले दरबन्दी थप हुने विद्यालय रोजेर दिएको निवेदनउपर शिक्षा समितिले निर्णय गर्दै दरबन्दी मिलान अगाडि बढाउने छ।
वीरगंज महानगरपालिकामा सिद्धार्थ, त्रिजुद्ध, सुरजीदेवी, शारदा मावि सुगौली, भवानीपुर मावि, पन्नालाल मावि, माईस्थान विद्यापीठ, कन्या मावि, नृसिंह मावि, मनमिश्र निमावि, रामदेनी तिवारी मावि, त्रिभुवन, ताराचन्द निमावि शीतलपुर, रेलवे निमावि बलिरामपुर, प्रावि चारकोट परसवा, जेपी चतुर्वेदी प्रावि, सुखचैना मावि, सुगौली बिर्ता प्रावि, जगरनाथपुर निमावि, विन्ध्यवासिनी प्रावि, इन्दु लाखे निमावि गहवा, रामजानकी प्रावि रामगढवा, हरिहर सर्राफ निमावि भेडियाही, अपौनी प्रावि, श्रीसिया आदर्शचोक प्रावि, शिव प्रावि रामगढवा, श्रीसिया दक्षिणवारी टोला, भुवनेश्वरनाथ प्रावि इटियाही, अलौ प्रावि कोनिया, भिस्वा प्रावि, प्रगति प्रावि बेलवा, निरञ्जनसाह कलवार प्रावि हरपतगंज, शुक्रराज प्रावि बिर्ता, सिवानटोला प्रावि, परवानीपुर प्रावि गरी ३७ वटा विद्यालय  वीरगंजबाट टाढा लिपनीबिर्ता, लालपर्सा, बगही, चोर्नी, बेलवा, बसडिलवा, रामवनलगायत क्षेत्रका ३४ वटा विभिन्न स्कूलमा शिक्षक पठाउने महानगरपालिकाको लक्ष्य छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्