महिला न्यायाधीश

82

प्रदेश नं २ को उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा एकैपटक चारजना महिला न्यायाधीशहरूको नियुक्ति भएको छ। सबैभन्दा मज्जको कुरा, यस इजलासकी मुख्य न्यायाधीश पनि महिला नै छिन्। यो नियुक्ति धेरै अर्थमा महत्वपूर्ण किन छ भने प्रदेश नं २ देशमैं अविकसित छ, अर्थ र मानस दुवै क्ष्Fेत्रमा। यहीं महिला हिंसा, भेदभावका धेरै वारदात हुने गर्दछ। कुनै घटना हुनुमा कुनै एक पक्ष्F दोषी हुँदैन, तर सहभागिताको अर्थमा दोष गर्ने धेरै अवसर महिलालाई प्राप्त हुँदैन। यस्तो कुरा बुझ्ने मानसिकता एउटी महिलामा मात्र हुन्छ। हो, प्रदेश सरकारले बेटी बचाऊ, बेटी पढाऊ भन्ने नारा त्यसै ल्याएको होइन। यस नारापछाडि महिला  संरक्ष्Fण मुख्य कारक हो। छोरीलाई सके गर्भमैं तुहाउने, नसके घोर पारिवारिक दायित्वमा ज्याकिदिने, उसको स्वाभाविक शारीरिक र मानसिक विकासमा बाधक बन्ने नियतिमात्र भोग्दै आएका छन् यहाँका महिलाहरूले। कारण जेसुकै होस्, आज त के धर्म, के सम्प्रदाय, के विधि, के विधान र के राज्य समाजमा महिलालाई बराबरीको  स्थान दिनुपर्ने कुरा सर्वमान्य नै भइसकेको छ।
तर पनि यहाँका महिलाहरू आफूखुशी आफ्नो जीवन बनाउन नसक्ने र बाँच्न नसक्ने दुरभिसन्धिमा जाकिएका छन्। महिलालाई त्यस परिस्थितिमा पु–याउने कारणको जति स्वाभाविक र सूक्ष्म विश्लेषण तथा निदान महिलाले गर्न सक्छन्, पुरुषले त्यसका लागि ग्रन्थकै अध्ययन गर्नुपर्छ। यस अर्थमा वीरगंज अस्थायी इजलासमा नियुक्त भएका महिला न्यायाधीशहरूले यहाँका महिलाहरूको जीवनलाई न्यायिक क्षेत्रमात्र होइन, अन्य तरहले पनि संयोजन गर्न सक्छन्। लिङ्गीय समानता आफैंमा महत्वपूर्ण हो, त्यसमा पनि समान लिङ्गीको उत्थान र विकासमा, निर्धारित क्ष्Fेत्र बाहिर पनि महिला न्यायाधीशहरूले धेरै काम गर्न सक्ने अवसर अहिले जुरेको छ भन्न किञ्चित कठिन हुने छैन। किनकि न्याय क्ष्Fेत्र मात्र यस्तो क्षेत्र हो, जो कसैको प्रभावमा आउँदैन, कसैले यस क्षेत्रलाई प्रभावित पार्न सक्दैन। यद्यपि समाजमा आमूल परिवर्तन ल्याउन जति राजनीतिले भूमिका निर्वाह गर्न सक्छ त्यति समाजको अन्य कुनै निकायले सक्दैन। तर राजनीति लगायत अन्य क्ष्Fेत्र योग्यताभन्दा, पहुँचले प्रभावित भएको हुन्छ भने न्याय क्षेत्र विशुद्ध योग्यताको कसीमा तौलिइन्छ। तसर्थ एकैपटक एउटा इजलासमा चारजना न्यायकर्मीको नियुक्ति वीरगंजका लागि मात्र होइन, प्रदेश २ कै लागि अवसर हो। अनावश्यक न्याय प्रक्रिया खडा गरेर, न्याय क्ष्Fेत्रका नारीशक्तिलाई अन्यत्र अल्मलाउनुको साटो समाजको सबै क्ष्Fेत्रमा उनका योगदान प्रवाहित गर्न सकियो भने समाजले थोरै समयमा धेरै उपलब्धि हासिल गर्न सक्नेछ।
देशमैं महिला नेतृत्वले सर्वोच्च स्थान हासिल गरेको सन्दर्भमा यस क्ष्Fेत्रमा पनि सुरक्षाकर्मीको उच्च पदमा महिला हुनु र न्याय क्षेत्रमा चारजना महिला न्यायाधीशको नियुक्ति एउटा सार्थक उपलब्धि बन्न सक्दछ। प्रदेश सरकारको निहित उद्देश्यलाई यस अवसरले पर्याप्त भरथेग गर्न सक्दछ। यसै पनि नारीलाई आधा आकाश ढाकेको शक्तिको रूपमा नेपालमा स्मरण गरिन्छ। यो वर्ग चोखो छ–मानसिक, वैचारिक, व्यावहारिकरूपमा पनि। प्रदेश सरकारको चासो, प्रदेश स्वयंको आवश्यकता र जुर्मुराइरहेको नारी स्वतन्त्रतालाई सही दिशा निर्देशको खाँचो परेको यस अवसरमा नियतिले नै महिला नियुक्ति दिलाएर सहजता जुराइदिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्