प्रदेश सरकारले आफ्नै खुट्टामा चलायो, बन्चरो ५ हजार राजस्वको चक्करमा २० हजार गुम्यो

120

राधेश्याम पटेल, परवानीपुर, २३ मङ्सिर/
यातायात व्यवस्था कार्यालय, सवारी वीरगंज अहिले प्रदेश २ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको कार्यालय हो। यस कार्यालयले सङ्कलन गर्ने राजस्व प्रदेश सरकारलाई प्रत्यक्षरूपमा जान्छ। तर चालू आवदेखि प्रदेश सरकारले सवारी सरुवा सहमति दस्तुरबापत शुल्क निर्धारण गरेपछि वीरगंज नाकाबाट भित्रिने नयाँ सवारीसाधनहरू रिरूट भएर भैरहवा नाकाबाट भित्रिन थालेका छन् र ती गाडी बागमती प्रदेश अन्तर्गत हेटौंडामा रहेको यातायात व्यवस्था कार्यालयमा दर्ता हुने गर्छ।भारत तथा तेस्रो मुलुकबाट आएका सवारीसाधन नेपाल भित्रिंदा सबैभन्दा छोटो नाका वीरगंज परे पनि सातवटा प्रदेशमध्ये प्रदेश २ ले यस्तो नियम लगाउँदा रु ५ हजारको लोभमा प्रदेश सरकारलाई २० हजार राजस्व गुमिरहेको कर्मचारीहरूले बताए। यातायात व्यवस्था कार्यालय सवारी वीरगंजका प्रमुख कुशेश्वरप्रसाद साहले गत आवको कात्तिक मसान्तसम्म ३८ करोड ११ लाख ४६ हजार करबापत उठेको थियो भने दर्ता नामसारीबापत रु ४ करोड ५९ लाख ४५ हजार र रूट परमिटबापत रु २ करोड ७२ लाख ६ हजार गरी कुल ४५ करोड ४२ लाख ९८ हजार राजस्व सङ्कलन भएकोमा चालू आवको साउनदेखि कात्तिकसम्म कर २८ करोड ४८ लाख ८३ हजार, दर्ता नामसारीबापत रु ३ करोड ४३ लाख ७५ हजार, रूट परमिटबापत रु २ करोड २५ लाख २५ हजार गरी कुल ३४ करोड ७० लाख ८५ हजार राजस्व सङ्कलन भएको छ।
यो रकम गत आवको प्रथम चौमासिकभन्दा चालू आवमा ११ करोड २५ लाख १३ हजारले कम हो। यस्तै सवारी दर्ता विवरण हेर्ने हो भने गत आवको साउनमा दुई पाङ्ग्रे सवारीसाधन ४ हजार ७९१ वटा, भदौमा १४ हजार २७२ वटा, असोजमा ८ हजार ६९५ वटा र कात्तिकमा १० हजार २९६ वटा गरी जम्मा ३८ हजार ५४ वटा गाडी दर्ता भएको थियो भने चालू आवको साउनमा ८१९, भदौमा ४४२६, असोजमा ५ हजार ३७, कात्तिकमा ५ हजार ७८४ गरी १६ हजार २६६ वटा दुई पाङ्ग्रे सवारीसाधन दर्ता भएका छन्।
त्यसैगरी दुई पाङ्ग्रेभन्दा माथिको सवारीसाधनमा साउनमा १ हजार ११५, भदौमा १९६५, असोजमा २३२१, कात्तिकमा २८ गरी ७२२३ वटा सवारीसाधन दर्ता भएका थिए भने चालू आवको प्रथम चौमासिकमा दुई पाङ्ग्रेभन्दा माथिको गाडी साउनमा ९६, भदौमा ६९६ वटा, असोजमा ८५९, कात्तिकमा १०२६ गरी कुल २६७७ वटा गाडी दर्ता भएका छन्। यो सङ्ख्याले गत आवभन्दा चालू आवमा २६ हजार ९३४ गाडी कम दर्ता भएको जनाउँछ।
प्रदेश २ मा अहिले वीरगंज, जनकपुर, लहान, बर्दिवास गरी चार ठाउँमा यातायात व्यवस्था कार्यालय छ भने गौरमा सेवा कार्यालय मात्र छ। मोटरसाइकल दर्ता– यातायातमा दुई हजार, हलुका चारपाङ्ग्रेमा १८ हजारसम्म, कार–जीपमा १९ देखि ५३ हजारसम्म, ट्रक–बसमा १५ देखि १८ हजारसम्म, हेभी सवारीसाधनमा (एक्साभेटर, लोडर, क्रेन)मा ३५ हजारसम्म कर उठ्ने गरेकोमा सवारीसाधनको दर्ता नै प्रभावित भएपछि वर्षभरिको राजस्व सङ्कलनमा करीब ३० प्रतिशतले गिरावट आउन थालेको कार्यालयले जनाएको छ।
पहिले सवारी सरुवा सहमति दस्तुर शुल्क नलाग्दा वीरगंज नाकाबाट आइएमई मोटर्स, सिप्रदी टे«डिङ, भारतबेन्ज, ओम्नी, जगदम्बा मोटर्स, एनजिएम, होन्डा, बजाजलगायत आयातकर्ताहरूले धेरैभन्दा धेरै सवारीसाधन भिœयाउँथे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्