घाइते चिकित्सक कर्णको मृत्यु

0
146

प्रस, पोखरिया, २३ मङ्सिर/
सवारी दुर्घटनामा घाइते भएका पोखरिया अस्पतालका एकजना चिकित्सकको उपचारको क्रममा गएराति मृत्यु भएको छ।
मङ्सिर १८ गते पोखरिया अस्पतालबाट वीरगंज घर आउने क्रममा डा अर्पणलाल कर्णको मोटरसाइकल दुर्घटना भएको थियो। दुर्घटनामा हात भाँचिएको र उनलाई वीरगंजमा उपचारपछि काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा गएराति निधन भएको बताइएको छ। डा कर्ण पोखरिया अस्पतालमा स्थायी चिकित्सक थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्