अवरुद्ध विद्युत् सुचारु

172

प्रस, सेढवा, २३ मङ्सिर/
३३ केभिएको हाइटेन्सन लाइन अवरुद्ध हुँदा पर्साका केही ग्रामीण क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ।
गएराति टिपरले ठक्कर दिएपछि ३३ केभिएको हाइटेन्सन लाइनको पोल ढलेको थियो।
वीरगंज–पोखरिया सडकखण्डको रामगढवामा टिपरको ठक्करबाट हाइटेन्सन लाइनको पोल ढलेको र छिपहरमाई, धोबिनी, जगरनाथपुर, पटेर्वासुगौली, जीराभवानी, ठोरी र पोखरिया नगरपालिका क्षेत्रको विद्युत् अवरुद्ध भएको थियो।
रातिदेखि अवरुद्ध भएको विद्युत् मङ्गलवार साँझबाट सुचारु भएको छ। मरम्मत सम्भारपछि विद्युत् आपूर्ति सुचारु भएको नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रका इन्जिनीयर निर्मल फौज्दारले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्