अनधिकृत व्यापार नियन्त्रणका लागि बैठक

0
60

प्रस, वीरगंज, २३ मङ्सिर/
नेपाल र भारतका वाणिज्य सचिवहरूको अध्यक्षतामा अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवाहन तथा सहकार्य विषयमा नेपाल–भारत अन्तरसरकारी समितिको बैठक भिडियो कन्फ्रेन्समार्फत सोमवार सम्पन्न भएको छ।
भारतका विभिन्न मन्त्रालय तथा काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीसहितको १५ सदस्यीय भारतीय टोलीको नेतृत्व नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा र भारतको वाणिज्य मन्त्रालयका वाणिज्य सचिव अनुप बाधवाले गरेका थिए। यसैगरी, नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले गरेका थिए भने नेपाली टोलीमा विभिन्न मन्त्रालय र विभागका अधिकारीहरू सम्मिलित थिए।
बैठकमा व्यापार एवं वाणिज्य क्षेत्रका प्रमुख एजेन्डामा छलफल भएको र सोको समीक्षा गरिएको थियो। व्यापार तथा पारवहन सन्धिको वृहत् समीक्षा, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवद्र्धनका लागि भएका पहल तथा प्रयास, संयुक्त बिजनेश फोरमको गठन, दुवै पक्षबीच व्यापार पूर्वाधारका विकास तथा स्तरमा सामञ्जस्यताका विषयमा छलफल भएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।
बैठकमा व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई अझ सुदृढ बनाउन सरकारीस्तरमा गर्नुपर्ने प्रयासका बारेमा पनि दुई देशबीचका सचिवहरूबीच छलफल भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्