हराएको बालक आफन्तलाई जिम्मा

0
54

प्रस, रौतहट, २१ मङ्सिर/
हराएका एकजना भारतीय बालकलाई जिल्ला प्रहरी कार्यालय, रौतहटले आफन्तको जिम्मा लगाएको छ।
भारत, बिहार, मोतीहारी, पिपरा–१५ बस्ने तैयब अन्सारीका ७ वर्षीय छोरा सोनु अन्सारीलाई प्रहरीले गौर नगरपालिका–५ चिरान मिलनजीकै अलपत्र अवस्थामा फेला पारेको थियो। उनलाई गौर नगरपालिका–३ पोखरिया बस्ने हजुरबुबा फर्जन अन्सारीको जिम्मा लगाइएको जिप्रका, रौतहटले जनाएको छ। बालक मामाघर गौर नगरपालिका–३ पोखरियामा बस्दै आएकोमा आइतवार बिहान हराएपछि प्रहरीले आजै उनलाई आफन्तको जिम्मा लगाएको रौतहट प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्