नारायणी अस्पतालमा कृषि विकासको एक्स्टेन्सन काउन्टर

0
48

प्रस, वीरगंज, २१ मङ्सिर/
कृषि विकास बैंकको नारायणी अस्पतालमा एक्स्टेन्सन काउन्टर स्थापना भएको छ। आइतवार एक कार्यक्रमबीच बैंकका कार्यकारी प्रमुख अनिलकुमार उपाध्यायले एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेका हुन्।
कृषि विकास बैंक वीरगंज शाखा र अस्पतालबीच बैंकिङ कारोबारमा साझेदारी गर्ने सम्झौताअनुरूप काउन्टर स्थापना गरिएको हो। एक्स्टेन्सन काउन्टरमा एटिएमलगायतका सुविधाहरू उपलब्ध हुने र अस्पतालको बिलिङ काउन्टर बैंकबाट सञ्चालन गर्ने सम्झौता भएको छ। अस्पतालमा उपचार गराउन आउने सेवाग्राहीले अबदेखि बैंकिङ सुविधा पाउनेछन्।
उद्घाटन कार्यक्रममा अस्पतालका मेसु डा सञ्जयकुमार ठाकुर, बैंकका उपप्रबन्धक धु्रवचन्द्र गौतम, प्रदेश प्रमुख राजेश श्रीवास्तव, वीरगंज शाखा प्रमुख कोमल सिटौला, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारालगायतको सहभागिता थियो।
यसअघि बैंकले अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको थियो। अस्पतालमा भर्ना भएका बिरामीहरूलाई कार्यकारी प्रमुख उपाध्यायलगायतले फलफूल वितरण गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्