दशौं दिन सीमामा धर्ना

68

प्रस, वीरगंज, २१ मङ्सिर/
नेपाल–भारत सीमा खुला गर्न माग गर्दै आइतवार दशौं दिन पनि वीरगंज भन्सार कार्यालयअगाडि एक घण्टा धर्ना दिइएको छ।
नेपाल–भारत खुला सीमा संवाद समाजले अनिश्चितकालीन एक घण्टे धर्ना कार्यक्रम जारी राख्दै आज दशौं दिन बिहान ९ देखि १० बजेसम्म एक घण्टा धर्ना दिएको थियो। समाजका अध्यक्ष कृष्ण पटेलको नेतृत्वको धर्नामा रम्भा मिश्र, उषा श्रीवास्तव, प्रतिमा जोशी, शेख मुना, मदन यादव, मालती कुशवाहालगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्