रेडियो वीरगंजको वार्षिकोत्सवमा २६१ जनाद्वारा रक्तदान

0
120

प्रस, वीरगंज, २० मङ्सिर/
रेडियो वीरगंजको १८औं वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित रक्तदान कार्यक्रममा २१ जना महिलासहित २६१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए।
रेडियो वीरगंजका अध्यक्ष धु्रव साहको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा आयोजित रक्तदान कार्यक्रममा राजपति देवी, कौशल्यादेवी राय, शान्ति मिश्र, पिङ्की डङ्गोल, मुन्नी श्रीवास्तव, सुधा कार्की, लोकेन्द्र पटेल, आरके पटेल, राजेश मिश्र, दिनेश मिश्र, कलाम हवारी, अभिषेक सर्राफ, विजय तेली, विश्वास गुप्ता, मोहन दास, सौरभ गुप्ता, सुनील यादव, श्रीकान्त पटेल, निखिल दास, वीरेन्द्र सहनी, कृष्ण चौधरी, विजय तेली, श्रीकान्त पटेललगायतले रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेयले बताए।
रेडियो वीरगंजका अध्यक्ष साहले कोरोना भाइरसको कारण यस वर्ष रक्तदान कार्यक्रम मात्र गरिएको बताए। उनले वार्षिकोत्सवमा यसअघि साताव्यापी कार्यक्रम आयोजना गर्दै आएको तर कोरोनाले यसपटक सो सम्भव नभएको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्