पटेर्वासुगौलीका चारजना स्वयंसेविका पुरष्कृत

105

प्रस, पंचगावाँ, २० मङ्सिर/
पटेर्वासुगौली गाउँपालिकाको सहयोगमा स्वास्थ्य शाखा पटेर्वासुगौलीको आयोजनामा १७औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ।
‘कोभिड–१९ को रोकथाम र समृद्धिका लागि संयुक्त कार्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका अपरिहार्य’ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमकी प्रमुख अतिथि उपाध्यक्ष ममता महतोले अहोरात्र खटी स्वास्थमा उत्कृस्ट सेवा गरेकामध्ये  ४  चार जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नगद  पुरस्कार प्रदान गरेकी थिइन। सो अवसरमा उनले नेपालमा मातृ मृत्युदर र शिशु मृत्युदर लगायत विभिन्न सरूवा रोग र माहामारी नियन्त्रण्मा महिला स्वास्थ्य स्वयंसेविकाको भुमिका  उत्कृष्ट रहेको र आगामी दिनमा अझ राम्रो गर्न सुझाव दिइन।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भुजेन्द्रप्रसाद यादवले स्वागत र सहजीकरण स्वास्थ्य संयोजक जगनाथ साहले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्