अतिक्रमित वन खाली गराउन प्रजिअको निर्देशन

80

प्रस, पर्सागढी, २० मङ्सिर/
वन संरक्षणका लागि समन्वय बैठक सबैया साझेदारी र सबडिभिजन वन कार्यालय सबैयामा सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाड्ढो अध्यक्षतामा बसेको बैठकपछि सबडिभिजन वन कार्यालय सबैया अन्तर्गतका वन क्षेत्रको अनुगमन गरिएको थियो।
वन क्षेत्र अतिक्रमित क्षेत्र रामवन, सिर्जनाटोल, बढनिहार, छतुवनटाँडी, सिदपुर, मनवा, कोइलाभार, रङ्गपुर, भतौडा, आधाभारलगायत क्षेत्रको अनुगमन गरिएको थियो। यसैगरी, सो क्षेत्रमा गरिएको वृक्षरोपण, हाइटेक नर्सरीको पनि अनुगमन गरिएको थियो।
प्रजिअ तामाङले वन अतिक्रमित क्षेत्र अविलम्ब खाली गराउन वन कर्मचारीलाई निर्देशन दिए। प्रजिअसँगै अनुगमनमा प्रमुख वन अधिकृत जगरनाथ जयसवाल, सहायक वन अधिकृत फरमान मियाँ, वशिष्टनारायण कुर्मी, सबैया साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष लखनलाल साह, मेसु उदितनारायण सिंह, प्रमुख सेनानी मदनजङ्ग राणा, प्रहरी उपरीक्षक गङ्गा पन्त, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, परवानीपुर गापा सदस्य सञ्जु साह, सबैया साझेदारीका पूर्वअध्यक्ष सत्यनारायण दासलगायत सहभागी थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्