सातौं दिन पनि धर्ना

87

प्रस, वीरगंज, १८ मङ्सिर/
नेपाल–भारत सीमा खुला गर्न माग गर्दै आज सातौं दिन पनि वीरगंज भन्सार कार्यालयअगाडि एक घण्टा धर्ना दिइएको छ।
सीमा खुला गर्न माग गर्दै नेपाल–भारत खुला सीमा संवाद समाजले अनिश्चितकालीन एक घण्टे धर्ना कार्यक्रम जारी राख्दै आज सातौं दिन भन्सार कार्यालयअगाडि धर्ना दिएको समाजका अध्यक्ष कृष्ण पटेलले बताए।
धर्ना कार्यक्रममा रम्भा मिश्र, मुन्नी श्रीवास्तव, प्रतिमा जोशी, राजेश पटेल, आँचल सिंह, शेख मुना, गीता चौहान, महमल अरसद कमाललगायतको सहभागिता थियो। सीमा नखोलिएसम्म बिहान ९ देखि १० बजेसम्म धर्ना दिने उनले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्