साझेदारी वन सबैको धन –अध्यक्ष कुर्मी

79

प्रस, जीतपुर, १८ मङ्सिर/
साझेदारी वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष रामरूपप्रसाद कुर्मीले साझेदारी वन सबैको धन भएको बताएका छन्।
साझेदारी वन उपभोक्ता महासङ्घ नेपालको ५औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि अध्यक्ष कुर्मीले साझेदारी वनको संरक्षण, विकासमा सबैजना एकजुट हुनुपर्ने बताए। उनले हरियो वन संरक्षण विकासले सबैको विकास गर्ने बताए। उनले साझेदारी वन तराईको धन रहेको बताउँदै वनको संरक्षण गर्न जनता जागरूक हुनुपर्ने बताए। कार्यक्रममा जिल्ला वन अधिकृत बाराका मन्जुर अहमद, पर्साका जगरनाथ जैसवाल, महासङ्घका उपाध्यक्ष रामप्रसाद चौधरी, जयप्रकाश पाण्डे, सल्लाहकार भोला भट्टराई, सुमन सिंहलगायतले मन्तव्य राखेका थिए।  कार्यक्रममा साझेदारी वनको संरक्षण, विकासमा कार्य गरेका विभिन्न व्यक्तिलाई सम्मान गरिएको कार्यक्रम  संयोजक गणेशजी साहले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्