निजगढमा थप दुईजना कोरोना सङ्क्रमित

0
49

प्रस, निजगढ, १८ मङ्सिर/
निजगढमा पछिल्लोपटक दुईजनामा कोरोना सङ्क्रमित देखिएको छ। जसमा निजगढ नगरपालिका वडा नं ७ कार्यालयका एकजना जनप्रतिनिधि र अर्का पनि नगरपालिकाका सवारी चालक रहेको निजगढ नगर स्वास्थ्य शाखाले जनाएको छ।
जनप्रतिनिधिको मङ्सिर १६ गते र सवारी चालकको १७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो। चालकको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि काठमाडौंमा उपचार भइरहेको निजगढ नगर स्वास्थ्य शाखा संयोजक रमेश लामाले जानकारी दिए।
निजगढ नगरपालिकाका अन्य केही कर्मचारीमा पनि स्वास्थ्य समस्या देखिएको तर उनीहरूले स्वास्थ्य परीक्षण नगरेको स्रोतले जनाएको छ। निजगढमा हालसम्म ९७ जना सङ्क्रमितमध्ये ६ जनाको ज्यान गइसकेको छ।
जसमध्ये ८९ जना निको भइसकेका छन् भने एकजना होम आइशोलेशनमा छन्।
मौसम परिवर्तनसँगै सामान्य रुघाखोकीका बिरामीसमेत बढेका छन्। निजगढमा कोरोना सङ्क्रमणबाट सुरक्षित हुने प्रभावकारी उपायहरू अवलम्बन गर्दै सरकारी, सामुदायिक, निजी विद्यालयहरू पूर्णरूपमा सञ्चालनमा आइसकेका छन्। यता हाटबजार, मेलामा भने भीडभाड बढ्दो छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्