लैङ्गिक हिंसा र स्थानीय तहको भूमिका विषयक गोष्ठी

110

प्रस, वीरगंज, १७ मङ्सिर/
लैङ्गिक हिंसाको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंजमा पीडित पक्षको सहायताको लागि स्थानीय तहको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम गरेको छ।
वीरगंज उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको कार्यक्रममा पर्साका १४ पालिकाका प्रमुख, उपप्रमुखहरूको सहभागिता रहेको छ। कार्यक्रममा वक्ताहरूले पर्सा जिल्लामा महिला हिंसा कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर आआफ्नो धारणा राखेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले पछिल्लो ३ वर्षको तथ्याङ्कसहित आधारपत्र प्रस्तुत गर्दै जनप्रतिनिधिहरूको सहयोग र लैङ्गिक हिंसामा परेका पीडितहरूको लागि आपत्कालीन सहायता कोष स्थापना गर्न सुझाव दिइन्। कार्यक्रममा पत्रकार केसी लामिछानेले समाजका शिक्षित महिलाहरू आत्मबलको अभावमा हिंसामा पर्ने गरेका, पुरुषको यातना सहने बानी परेको बताए। साथै प्राध्यापिका सुषमा द्विवेदीले स्थानीय तहले सही समयमा बजेट उपयोग नगर्दा समाजमा समस्या उत्पन्न हुने गरेको बताइन्।
कार्यक्रममा पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले कर्मचारी अभाव र सहयोगका बावजूद स्थानीय तहले राम्रो काम गरेको बताइन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्