जिल्लास्तरीय संरक्षण समन्वय समिति गठन

87

प्रस, वीरगंज, १७ मङ्सिर/
जिल्ला प्रशासन कार्यालय, पर्सामा आज बसेको बैठकले जिल्लास्तरीय संरक्षण विषयगत समन्वय समिति गठन गरेको छ।
विपत्को समयमा ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग व्यक्तिहरूको संरक्षणको लागि यो समिति गठन गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको १० सदस्यीय समितिमा जिल्ला समन्वय समिति, मानव अधिकार आयोगका जिल्लास्तरीय प्रतिनिधि, स्वास्थ्य कार्यालय, नेपाल प्रहरी, गैरसरकारी संस्थाका प्रतिनिधि, अपाङ्ग क्ष्Fेत्रमा कार्यरत, जिल्लास्तरीय सञ्जालका प्रतिनिधि, ज्येष्ठ नागरिक सङ्घ, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष गरी ८ जना सदस्य र जिल्ला प्रशासन कार्यालयको विपत् व्यवस्थापन कार्यक्रम सम्पर्क व्यक्ति सदस्य सचिव रहेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्