गरीब, विपन्नलाई जस्तापाता वितरण

0
50

प्रस, रौतहट, १७ मङ्सिर/
रौतहटको दुर्गा भगवती गाउँपालिकाले अतिविपन्न र गरीब परिवारलाई घर निर्माणको लागि जस्तापाता सहयोग गरेको छ। दुर्गा भगवती गापाका अध्यक्ष अरुणकुमार साहले बुधवार वडा नं १ मा अतिविपन्न, गरीब ३२३ परिवारलाई जस्तापाता वितरण गरेका हुन्।
जस्तापातासँगै घर निर्माणमा आवश्यक सामग्री पनि वितरण गरिएको बताइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्