सार्वजनिक सम्पत्तिको संरक्षणमा समाज असंवेदनशील –सरावगी

87

प्रस, वीरगंज, १६ मङ्सिर/
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले सार्वजनिक सम्पत्तिको संरक्षणमा समाज संवेदनशील नभएको बताएका छन्।
वीरगंज महानगर–८ मा निर्मित धर्मशालाको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सके सोको उपयोग गर्न सकिने बताए। उनले सार्वजनिक सम्पत्तिको निर्माणले मात्र विकास नहुने भन्दै सोको संरक्षणमा पनि समाज लाग्नुपर्ने सुझाव दिए।
सार्वजनिक सम्पत्तिको संरक्षणबाट विकासको आधार तयार हुने उनको भनाइ थियो। मङ्गलवार नगरप्रमुख सरावगीले सो वडामा निर्माण गरिएको ढल, नालाको पनि स्थलगत अवलोकन गरेका थिए।
यसैगरी, विश्व एड्स दिवसको अवसरमा घण्टाघरमा आयोजित कार्यक्रममा नगरप्रमुख सरावगीले सामाजिक परिवर्तन भएमा महानगरको विकास सम्भव हुने बताए। उनले समाजको विकासविना कुनै पनि क्षेत्रको विकास सम्भव नहुने बताए।
नगरप्रमुख सरावगीले महानगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरे। समाज शिक्ष्Fित भए सोहीअनुरूप विकास पनि अगाडि बढ्ने हुनाले समाज रूपान्तरणको लागि शिक्षामा महानगर बढी केन्द्रित भएको बताए। उनले समाज शिक्षित भएको खण्डमा सबैखाले हिंसा कम हुने बताउँदै महिला हिंसा पनि सोही अन्तर्गत पर्ने बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्