राजतन्त्र फर्कंदैन –अध्यक्ष साह

0
43

प्रस, सिराहा, १६ मङ्सिर/
नेपाली जनता दलका केन्द्रीय अध्यक्ष हरिचरण साहले मुलुकमा अब राजतन्त्र फर्काउने सपना पूरा नहुने बताएका छन्। जनताको सङ्घर्षबाट पाखा लागिसकेको  राजतन्त्रलाई अन्य कुनै शक्तिले फिर्ता ल्याउन नसक्ने उनले ठोकुवा गरे।
पार्टी सङ्गठन निर्माणको क्रममा मङ्गलवार सिराहाको लहान आइपुगेका अध्यक्ष साहले सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्र पुनः फर्काउन चलखेल शुरू भएको भन्दै अब जनता सचेत भइसकेकोले त्यस्ता प्रयासहरू दिवास्वप्नमा सीमित रहने बताए। आर्थिक अपारदर्शिता तथा भ्रष्टाचार र महिला हिंसाविरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाउन लागेको जानकारी दिंदै उनले उक्त अभियानमा सहभागी भइदिन समाजका सबै पक्ष तथा तह र तप्कालाई आग्रह गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्