पर्सामा दुर्ई बालिकाको बलात्कार, दुर्ईजना पक्राउ

84

राधेश्याम पटेल, वीरगंज, १५ मङ्सिर/
पर्सा प्रहरीले बलात्कार गरेको आरोपमा दुर्ईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा, सखुवापरसौनी गाउँँपालिका–२ बस्ने १९ वर्षीय तेजशङ्कर चौधरी र विन्दवासिनी गाउँँपालिका–४ अमरपट्टि बस्ने उमेश ठाकुर रहेका छन्।
चौधरीले गाउँँकै ४ वर्षीय बालिकालाई बालात्कार गरेका छन् भने ठाकुरमाथि ६ वर्षीय बालिकाको बलात्कारको आरोप लागेको पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी गराइन्। गाउँँमा खेलिरहेको अवस्थामा चौधरीले नरिवल दिने प्रलोभनमा पारी ४ वर्षीया बालिकाको बलात्कार गरेका थिए भने ठाकुरले बालिकाको यौनाङ्गमा औला पसाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। दुवै बालिकाको स्वास्थ्य परीक्षण भई हाल उनीहरूको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ।
चौधरी र ठाकुरमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाइएको छ। चालू आर्थिक वर्षको साउन यता पर्सामा १५ वटा जबरजस्ती करणी मुद्दा दर्ता भएको छ भने तीनवटा जबरजस्ती करणी उद्योग र चारवटा दुव्र्यवहारको मुद्दा दर्ता भएको जनाइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्