सालको काठ र साइकल बरामद

62

प्रस, बिरुवागुठी, १४ मङ्सिर/
सबडिभिजन वन कार्यालय बडनिहारले पर्सागढी नगरपालिका–३  पुनीत पुलनजीकबाट पाँच थान सालको गोलिया र पाँच थान साइकल बरामद गरेको छ।
सबडिभिजन वन कार्यालय बडनिहारका जमदार रामाशिषप्रसाद कुर्मी नेतृत्वको गस्ती टोलीले सो काठ बरामद गरेको हो। वनगस्ती टोलीलाई देखेर तस्करहरू भागेको जमदार कुर्मीले बताए।
बरामद काठलाई सबडिभिजन वन कार्यालय बडनिहारमा राखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्