दीपनारायण माविमा सोमवारदेखि कक्षा सञ्चालन हुने

120

प्रस, पंचगावाँ, १४ मङ्सिर/
सखुवाप्रसौनी गाउँपालिका–२ स्थित दीपनारायण आदर्श नमूना माविमा आइतवार सम्पन्न अभिभावकहरूको भेलाले कक्षा ८, ९ र १० सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
सरकारले तोकेको मापदण्ड पूरा गरी स्थानीय पालिकाले आफ्नो क्ष्Fेत्रका विद्यालयहरू सञ्चालन गर्न सक्ने निर्देशन गरेपछि सखुवाप्रसौनी गापामा रहेको दीपनारायण आदर्श माविका अभिभावकहरू भेला भएर आज निर्णय गरेका हुन्।
कोरोनाको कारण लामो समयदेखि विद्यालय बन्द हुँदा अध्ययनमा समस्या भएको भन्दै अभिभावकहरूले माथिका कक्षाहरू सञ्चालन गर्ने निर्णय गरेका हुन्। आजको भेलाले जोर–बिजोर प्रणाली अन्तर्गत मास्क, सेनिटाइजर, थर्मल गनको प्रयोग गरी साबुन–पानीले हात धोएर सुरक्षा मापदण्ड अपनाइ सोमवारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको प्रअ शिवप्रसाद थारूले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्