वीरगंज जेसीजको अध्यक्षमा रञ्जन राउत सर्वसम्मत

84

प्रस, वीरगंज, १३ मङ्सिर/
वीरगंज जेसीजको सन् २०२१ को लागि अध्यक्षमा रञ्जन राउत सर्वसम्मत निर्वाचित भएका छन्।
वीरगंज जेसीजको सचिवालयमा शनिवार सम्पन्न ४८औं साधारणसभाबाट राउत सर्वसम्मत अध्यक्ष चयन भएको निर्वाचन अधिकृत शेखर चौधरीले बताए।
यसैगरी, चारजना उपाध्यक्षमा गिरिश ढुङ्गेल, प्रकाश शर्मा, सुखसागर गौरो र स्वेच्छा रौनियार पनि सर्वसम्मत भएका छन्।
त्यस्तै, कार्यकारिणी उपाध्यक्षमा विजय अग्रवाल र त्रिलोकी साह सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत चौधरीले बताए।
यसअघि ४८औं साधारणसभा अध्यक्ष मुकेश सिंहको अध्यक्षतामा भएको थियो। साधारणसभा उद्घाटन समारोहमा पूर्वअध्यक्षहरू पशुपतिविक्रम शाह, उषा शाह, मधु राणा, डा दीपक शाक्य, निशान्त लामिछाने, अमर गौतम, अशोक गुप्ता, दिलीप ढुङ्गेल, मनीष श्रेष्ठ, बद्री अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सहजीकरण पूर्वअध्यक्ष्F सन्तोष खनालले गरेका थिए।
नवनिर्वाचित अध्यक्ष राउतले शनिवार नै महासचिव अजय चौधरी, कोषाध्यक्ष अरविन्द श्रेष्ठ र कानूनी सल्लाहकारमा अमृत गौरोलाई मनोनीत गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्