पोखरियाका ६ वटा पसललाई जरिवाना

102

प्रस, पोखरिया, १३ मङ्सिर/
वाणिज्य कार्यालय पर्सा वीरगंजको अगुवाइमा पोखरिया नगरपालिकाको बजारमा शनिवार अनुगमन भएको छ।
वाणिज्य कार्यालयका प्रवीण पोखरेल, जिल्ला प्रशासन कार्यालयका नारायण अर्याल, इलाका प्रहरी कार्यालय पोखरियाका सन्तोष यादव र उपभोक्ता हकहित संरक्षण मञ्च पोखरियाका ललन पटेल सम्मिलित टोलीले पोखरिया बजारका पसलहरूको अनुगमन गर्दा ६ वटा पसललाई जरिवाना गरेको हो।
मूल्यसूची नराखेका, ग्राहकलाई खरीद बिल नदिएका, पसलको छाप नबनाएका पाँचवटा किरानापसल र एकवटा सप्लायर्सलाई जरिवाना गरिएको मञ्चका पटेलले बताए।
अजय किराना, रोशन किराना, अदिति किरानालगायत पाँचवटा किरानापसललाई जनही ५/५ हजार र भूपेन्द्र सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।
अनुगमन टोली पोखरिया आएको सूचना पाएपछि बजारका ९५ प्रतिशत पसल बन्द गरिएको थियो। खुलेका ५ प्रतिशत पसलको अनुगमन गरिएकोमा ६ वटा पसललाई कारबाई गरिएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्