पोखरियामा काङ्ग्रेसको वडास्तरीय भेला

56

प्रस, पंचगावाँ, १२ मङ्सिर/
 पोखरिया नगरपालिका–२ लमरियाटोलमा नेपाली काङ्ग्रेसको वडास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ।
भेलाको उद्घाटन गर्दै पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले सबै कार्यकर्तालाई एकजुट हुन आह्वान गरे। उनले आपसी मतभेदलाई थाती राखेर पार्टीलाई मजबूत बनाउन सबै एकापसमा मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए। उनले आपसी मतभेद, द्वेषका कारण नेका कमजोर भएको भन्दै एकजुट भएर उदाहरण प्रस्तुत गर्दै पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउन लागिपर्न कार्यकर्ताहरूलाई आग्रह गरे।
पोनपा–२ लमरियाका बुथ सभापति लोरिक यादवको अध्यक्षतामा भएको वडास्तरीय भेलामा जिल्ला सभापति अजयकुमार द्विवेदी, युवा नेता चन्द्रकिशोरप्रसाद चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्