स्थापना दिवसमा सम्मान, पुरस्कार

0
48

नरेश यादव, पर्सागढी, १२ मङ्सिर/
पर्सागढी नगरपालिका–४ स्थित सहयात्री बचत तथा ऋण सहकारी संस्थाको १२औं स्थापना दिवसमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहकारीमा आबद्ध अभिभावकका एसइई परीक्षामा बढी अङ्क ल्याउने उत्कृष्ट विद्यार्थीहरू शिशिर आचार्य, समीक्षा कुँवर, चन्द्रकिशोर ओझैया, विवेक पासवान, प्रेमशिला पासवान, चेतकुमारी परियार, रोशन महतो र स्नातकोत्तरतर्फ अनिल पौडेललाई नगद र प्रमाणपत्रबाट सम्मानित गरिएको थियो। यसैगरी, संस्थाका कर्मचारीहरूलाई पनि नगद र प्रमाणपत्रबाट सम्मानित गरिएको थियो।
कार्यक्रममा मीनराज गौतम, तुलसी भण्डारी, सुरेश लाखे, राजेश पण्डितलगायतले शुभकामना व्यक्त गरेका थिए। संस्थाकी अध्यक्ष गोमा उप्रेतिको अध्यक्ष्Fतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार बालकृष्ण श्रेष्ठले स्वागत र व्यवस्थापक वीरेन्द्रराज कँडेलले सहजीकरण गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्