सरकारद्वारा भ्रष्टाचारलाई बढावा –नेता रिजाल

90

प्रस, सेढवा, १२ मङ्सिर/
दुई तिहाइ सरकारका प्रधानमन्त्रीले भ्रष्टाचारलाई बढावा दिंदै भ्रष्टाचारीको संरक्षण गर्दै आएको नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले आरोप लगाएका छन्। जीराभवानी गाउँपालिकामा आयोजित काङ्ग्रेसको सभामा प्रमुख अतिथि नेता रिजालले वर्तमान सरकार काण्डैकाण्डमा घेरिएको बताए। उनले बालुवाटार जग्गा, वाइडबडी विमान खरीद, ३३ किलो सुनकाण्डलगायतमा सरकार नराम्ररी फसेको बताए। उनले यस सरकारको विकल्पमा काङ्ग्रेस रहेको बताउँदै आगामी सरकार नेकाको हुने दाबी गरे।
जिल्ला सभापति अजयकुमार द्विवेदीले सबै जातजाति, धर्म, संस्कृतिको जगेर्ना नेकाले गर्दै आएको बताए। उनले काङ्ग्रेसले राणाशासनदेखि एकतन्त्रीय राजशाही शासन व्यवस्थाको विरोधमा उभेर जनताको पक्षमा रहेको बताए।
वडा बुथ समितिका सभापति जगदीशप्रसाद मेहताको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य शङ्कर चौधरी, महासमिति सदस्य वशिष्ठनारायण कुर्मी, बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला सचिव किशोरी साह, क्षेत्रीय सभापति रमेशनाथ पाण्डे, ठाकुरप्रसाद महतो, सहरूमराउत गद्दी, नवीन सिंह, मोहनराउत थारू, सञ्जय चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्