नगरप्रमुख साहद्वारा नमूना विद्यालय भवनको शिलान्यास

0
45

प्रस, गरुडा, १२ मङ्सिर/
प्रदेश २ को एकमात्र महिला नगरप्रमुख रीनाकुमारी साहले नमूना विद्यालय भवनको शुक्रवार शिलान्यास गरेकी छन्।
रौतहटको मौलापुर नगरपालिकाको सोनरनियामा बन्न लागेको नमूना विद्यालय भवनको नगरप्रमुख साहले आज शुक्रवार शिलान्यास गरेकी हुन्।
नेपाल सरकारको एक करोड ४५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको जनता माध्यमिक विद्यालय सोनरनियाको आठ कोठे अत्याधुनिक पक्की भवनको शिलान्यास कार्यक्रममा नगरपालिकाका वडाध्यक्ष वसन्त यादव, रामलाल साहसहित विद्यालय व्यवस्थापन समिति तथा निर्माण व्यवसायीको सहभागिता रहेको प्रधानाध्यापक राजेन्द्र साहले बताए।
विद्यालय निर्माणको ठेक्का शिव कन्स्ट्रक्शन प्रालिले पाएको छ। कार्यक्रममा तोकिएको समयभित्र विद्यालय भवन निर्माण हुने निर्माण व्यवसायीका प्रतिनिधिले प्रतिबद्धता व्यक्त गरे।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा नगरप्रमुख साहलाई विद्यालयका प्रधानाध्यापक साहले दोसल्ला ओढाएर सम्मान गरेका थिए।
कार्यक्रममा विद्यालयबाट सरुवा भएका पूर्वप्रधानाध्यापक रामएकबाल राय यादवलाई बिदाइ गरिएको थियो।
मौलापुर नगरपालिकाको एकमात्र नमूना विद्यालयको रूपमा रहेको मावि सोनरनियामा विद्यार्थीको चाप अत्यधिक रहेको तर सुविधासम्पन्न भवनको अभाव रहेको अवस्थामा अत्याधुनिक भवन निर्माणले पठनपाठन तथा शिक्षाको गुणस्तरमा सुधार हुने अपेक्षा रहेको प्रअ साहले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्