करीब ६ लाख नगदसहित दशजना जुवाडे पक्राउ

91

प्रस, वीरगंज, १२ मङ्सिर/
जिल्ला प्रहरी कार्यालय बाराले जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमराको एक होटलमा छापा मारी प्रहरीले करीब ६ लाख नगदसहित दशजना जुवाडेलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले इलाका प्रहरी कार्यालय सिमराको टोलीले बिहीवार राति सिमरास्थित सिमरा पाराडाइज होटलमा छापा मारेको र जुवाडेहरूलाई दसीप्रमाणसहित पक्राउ गरेको बताए। उनले सूचनाको आधारमा छापा मारिएको र जुवा खेल्न प्रयोग हुने म्याट, पाउडर र कौडासहित नगद ५ लाख ८२ हजार ५५० रुपैयाँसहित दशजना जुवाडेलाई पक्राउ गरेको बताए।
पक्राउ परेका जुवाडेविरुद्ध जुवा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले जानकारी गराए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्