हम्मदपुरमा ग्यास सिलिन्डर, चुलो वितरण

0
43

प्रस, रौतहट, १० मङ्सिर/
गरुडा नगरपालिकाको महम्मदपुरमा ग्यास सिलिन्डर र चुलो वितरण गरिएको छ। सांसद प्रभु साहले गरुडा नपा–५ महम्मदपुरमा १०८ घरपरिवारलाई ग्यास सिलिन्डर र चुलो वितरण गरेका हुन्।
सांसद साहले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो क्षेत्रलाई धूवाँरहित बनाउने घोषणा गरेअनुरूप १०८ परिवारलाई ग्यास सिलिन्डर, चुलो वितरण गरेको बताए। कार्यक्रममा सांसद समिना हुसेनले धूवाँमुक्त क्षेत्रका लागि सांसद साहले गरेको प्रयासको सराहना गरिन्।
यसअघि, सांसद साहले आफ्नो क्षेत्रको मौलापुर नपा तथा फतुवा विजयपुर नगरपालिकाका सबै वडामा ग्यास सिलिन्डर, चुलो वितरण गरेका थिए।
यसैगरी, गुजरा, कटहरिया र देवाहीगोनाही नगरपालिकाका अधिकांश ठाउँमा ग्यास सिलिन्डर वितरण भएको र बाँकी स्थानमा पनि वितरण गरिने सांसद साहले बताए। कार्यक्रममा मौलापुर नगरपालिकाकी नगरप्रमुख रीनाकुमारी साह, नेकपा प्रदेश सदस्य त्रिभुवन साह, विपिन जैसवाललगायत सहभागी थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्