सुविधासम्पन्न छठघाट निर्माण

68

प्रस, वीरगंज, १० मङ्सिर/
पटेर्वासुगौली गाउँपालिका–४ पथरैया टोलमा साढे १६ लाख रुपैयाँको लागतमा छठघाट स्थल निर्माण सम्पन्न भएको छ।
गापा कार्यालयको रु १४ लाख आर्थिक सहयोग र स्थानीयले रु २ लाख ५० हजार चन्दा सङ्कलन गरी छठघाट निर्माण गरेका हुन्।
गापा अध्यक्ष हरिनारायण चौधरी, स्थानीय रामदयालराउत थारू र उपभोक्ता समितिका अध्यक्ष सत्यदेव राउतलगायतका अगुवाहरूको पहलमा छठघाट निर्माण भएको हो। छठघाट निर्माणका लागि स्थानीयले नगद चन्दासहित श्रमदान गरेका थिए। गापा अध्यक्ष चौधरीले छठ पूजाका साथै अन्य धार्मिक कार्यक्रमहरूका लागि सो स्थल प्रयोग गर्न सकिने बताए। गापाको सहयोगमा निर्मित छठघाटमा सौन्दर्यीकरणको लागि बिजुली बत्तीको पनि व्यवस्था गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्