सखुवाप्रसौनीमा मल बिक्री गर्ने विषयमा विवाद

0
47

प्रस, वीरगंज, १० मङ्सिर/
सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फूलमतीकुमारी थरुनीले जिल्ला प्रशासन कार्यालय, पर्सामा गापा कार्यालयविरुद्ध उजूरी गरेकी छन्।
मल विक्रेता, डिलर छनोट गर्ने क्रममा गापा अध्यक्षले नियमविपरीत काम गरेको भन्दै उपाध्यक्ष थरुनीले हिजो जिल्ला प्रशासन कार्यालय, पर्सामा उजूरी दर्ता गराएकी हुन्।
मन्त्रिपरिषद्को निर्देशिकाविपरीत स्थानीय मल आपूर्ति व्यवस्थापन समितिको बैठक बस्न नदिएर गापा अध्यक्षले बोर्ड बैठकबाट मनोमानी तरीकाले मल बिक्रीको लागि डिलर छनोट गरेको उपाध्यक्ष थरुनीको आरोप छ। उनले आफू अध्यक्ष रहेको समितिले स्थलगत अनुगमन गर्दा धेरै सहकारीको कार्यालय नरहेको, उनीहरूसँग तौल गर्ने यन्त्र नरहेको, सहकारी नियमपूर्वक सञ्चालन नरहेको, खरीद–बिक्री खाता, शेयर सदस्यलगायतका कामहरू नभएको कारण सहकारी छनोट नगरिएको र सोविपरीत गापा अध्यक्षले बोर्ड बैठकबाट सहकारी चयन गरेकोमा उनले आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालयमा उजूरी गरेकी हुन्।
यस सम्बन्धमा गापा अध्यक्ष्F प्रदीपकुमार जैसवालसँग बुझ्दा उनले उपाध्यक्ष्Fलाई मल बिक्री गर्नको लागि चयन गर्ने जिम्मेवारी दिएको तर अहिलेसम्म जिम्मेवारी पूरा नगर्दा उपाध्यक्षकै सल्लाहमा आफूले बोर्ड बैठकबाट डिलर चयन गरेको बताए। अध्यक्ष जैसवालले ६ वटा वडाको लागि २० वटा सहकारीको आवेदन परेको र सोमध्ये १० वटा सहकारीलाई जिम्मेवारी दिइएको बताए। मल आपूर्ति गर्नुपर्ने समयमा किसानहरूले सहकारी चयन नगर्दा ढिलो भएको भनी आफूसँग गुनासो गरेको र सो सम्बन्धमा उपाध्यक्षलाई जिम्मेवारी पूरा गर्न आग्रह गर्दा उनले आफूले नसक्ने भनी जवाफ दिएपछि बोर्डबाट निर्णय गर्नुपरेको प्रतीकलाई बताए।
अध्यक्ष जैसवालले आजभोलिमा विवाद साम्य गरी मल वितरण गरिने बताएका छन्। अहिले किसानहरूलाई मलको चरम आवश्यकता भएको बेलामा मल उपलब्ध गराउनु गापाको पहिलो कर्तव्य भएको उनले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्