सीमानाका खोल्न जसपा अध्यक्षद्वयको अपील

0
51

प्रस, जनकपुरधाम, ९ मङ्सिर/
कोरोना महामारीको कारण सिल गरिएको नेपाल–भारत सीमानाका खोल्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले सरकारसँग अपील गरेको छ।
सो पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मङ्गलवार संयुक्त प्रेस विज्ञप्ति जारी गरी सीमानाका तत्काल खुला गरेर जनजीवनलाई व्यवस्थित र सहज बनाउन आग्रह गरेका हुन्।
अध्यक्षद्वयद्वारा जारी विज्ञप्तिमा लामो समयदेखि सीमानाका बन्द हुँदा तराई–मधेसका जनताको जीवन कष्टकर बनेको उल्लेख छ। सीमानाका बन्दले मुलुकको अर्थतन्त्रलाई धराशयी बनाउनुका साथै सीमा क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको विज्ञप्तिमा उल्लेख छ। सीमानाका बन्दले तराई–मधेसका जनताको कृषि, शिक्षा, स्वास्थ्य उपचार, रोजगार, आर्थिक, सामाजिक क्षेत्रमा गम्भीर समस्या देखिएको भन्दै जनताको जीवन थप कष्टकर हुन नदिन भारतसँगको सीमानाका तत्काल खुला गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ।
जारी विज्ञप्तिमा कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारको पूर्वतयारी निकै कमजोर रहेको आरोप पनि लगाइएको छ। अध्यक्षद्वयले कोरोना सङ्क्रमणलाई थप फैलिन नदिन योजनाबद्धरूपमा प्रभावकारी ढङ्गले अगाडि बढ्नसमेत सरकारलाई सुझाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्