कुटपिटबाट एकजनाको मृत्यु, दुईजना पक्राउ

0
45

प्रस, रौतहट, ९ मङ्सिर/
रौतहट, वृन्दावन नगरपालिकामा एकजना व्यक्तिको कुटपिटबाट मृत्यु भएपछि कुटपिटमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
वृन्दावन नगरपालिकाको सखुवा धमौरा निवासी १९ वर्षीय विकास पासवानले रक्सी सेवन गरी छिमेकी ५० वर्षीय अमिरी पासवानलाई कुटपिट गरेका थिए।
कुटपिटको क्रममा अमिरी लडेर उनको टाउकोमा चोट लागेको थियो। उनको उपचारको क्रममा हिजो गरुडास्थित सिटी अस्पतालमा निधन भएपछि प्रहरीले कुटपिटमा संलग्न विकास र अर्का ५५ वर्षीय बिन्द पासवानलाई पक्राउ गरेको छ। प्रहरीले प्रFरम्भिक अनुसन्धानबाट अमिरीको मृत्यु कुटपिटबाट भएको देखिएकोले सो कसूरमा दुईजनालाई पक्राउ गरी अनुसन्धान शुरू गरेको बताएको छ। जिप्रका रौतहटले शव शल्यपरीक्षणका लागि गौर अस्पतालमा लगिएको र शल्यपरीक्षण रिपोर्टपछि तथ्य खुल्ने बताएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्