हत्याको आरोपमा थप एकजना पक्राउ

0
52

प्रस, वीरगंज, ८ मङ्सिर/
नेकपा पर्साका स्थानीय नेता मुकेश चौरसियाको हत्यामा संलग्न रहेका थप एकजना अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।     
विन्ध्यवासिनी गाउँपालिका–३ इटियाहीका ३८ वर्षीय अशेसरप्रसाद चौरसिया पक्राउ परेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले वीरगंज–२५, अलौं श्रीसियाबाट पक्राउ गरेको हो। कात्तिक ६ गते मुकेश चौरसियाको हत्या भएको थियो। सोही हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले अशेसर चौरसियालाई पक्राउ गरेको हो।
कात्तिक ६ गते घटित यो घटना सम्बन्धमा यसअघि प्रहरीले तीनजनालाई पक्राउ गरिसकेको छ। हत्या सम्बन्धमा १२ जनाविरुद्ध अभियोगपत्र दर्ता भएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्