बसबाट खसेर सहचालक घाइते

0
45

प्रस, निजगढ, ८ मङ्सिर/
गुडिरहेको यात्रुवाहक बसबाट सहचालक सडकमा खस्दा सख्त घाइते भएका छन्। घाइते हुनेमा चितवन, राप्ती नगरपालिका–३ का १९ वर्षीय अमित आछामी रहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.३ख १६३३ नम्बरको यात्रुवाहक बसका सहचालक आछामी निजगढ नपा–८ स्थित होटल रुद्राक्षअगाडिको राजमार्गमा चल्ती बसबाट खसेको हो।  सहचालक आछामी बसको छतमा लगेज मिलाइ बसभित्र जान ओर्लंदै गर्दा सडकमा खसेको प्रत्यक्षदर्शीहरूले बताए। बिस्तारै गुडिरहेको बसको चक्कामा सहचालकको खुट्टा ओट लाग्न पुगेको थियो। उनको देब्रे खुट्टा र देब्रे हातमा गम्भीर चोट लागेको छ।
आइतवार दिउँसो करीब ४ बजे भएको सो दुर्घटनापछि उनलाई स्थानीय नेशनल अस्पतालमा प्राथमिक उपचार गरी रेफर गरिएको थियो। हाल उनको उपचार भरतपुरस्थित एलायन्स अस्पतालमा भइरहेको इप्रका निजगढले जनाएको छ। सहचालक आछामीको दाहिने हातका केही औंला पहिलेदेखि नै नभएकाले माथिबाट तल ओर्लंदा हात फुस्किएर सडकमा झर्न पुगेको प्रहरीको अनुमान छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्