प्रहरी र तस्करबीच झडप

87

प्रस, वीरगंज, ८ मङ्सिर/
रक्सौलबाट भन्सार छलेर कपडा भिœयाउने समूह र प्रहरीबीच वीरगंजको सीमा क्षेत्रमा झडप भएको छ। झडपमा अस्थायी प्रहरी चौकी इनर्वाका प्रहरी सहायक निरीक्षक जयप्रकाश पाण्डे सामान्य घाइते भएका छन्। प्रसनि पाण्डेको नाकमा चोट लागेको छ।
झडपमा संलग्न रहेको आरोपमा प्रहरीले २२ वर्षीय मुन्ना भनिने एक युवक र ४० वर्षीया आइसा खातुनलाई पक्राउ गरेको छ। आइतवार एकाबिहानै कपडा बोकेर रक्सौलबाट नेपाल भित्रिएका महिला तस्कर समूहलाई नियन्त्रणमा लिन प्रसनि पाण्डे दुईजना प्रहरीसहित खेतमा लुकेर बसेका थिए। भारततर्फबाट कपडा बोकेर आएका दुईजना महिलालाई नियन्त्रणमा लिने क्रममा विवाद भएको बताइएको छ। सोही क्रममा प्रसनि पाण्डेसँग झडप भएको र उनी सामान्य घाइते भएका थिए। तर प्रसनि पाण्डेले आफूलाई गोली लागेको भनी जिल्ला प्रहरी कार्यालयमा सूचना गरेपछि थप प्रहरी पुगेको थियो र झडपमा संलग्न दुईजनालाई पक्राउ गरिएको थियो।
पक्राउ परेका महिला तस्करहरूले प्रसनि पाण्डेले रकम माग गरेको र सो नदिंदा विवाद भएको बताएका छन्। प्रसनि पाण्डेले सो आरोपको खण्डन गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्