तीनजना महिलासहित ६१ जनाद्वारा रक्तदान

0
40

प्रस, पंचगावाँ, ८ मङ्सिर/
पटेर्वासुगौली गाउँपालिकाको सहयोगमा सक्रिय युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा तीनजना महिलासहित ६१ जनाले रक्तदान गरेका छन्।
रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले समाजद्वारा आयोजित रक्तदान कार्यक्रममा गापा उपाध्यक्ष ममता महतो, प्रसनि राजेश तिवारीलगायत ६१ जनाले रक्तदान गरेको बताए।
यसैबीच, सक्रिय युवा समाजको आइतवार एक कार्यक्रमबीच पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले उद्घाटन गरेका थिए। उनले युवाशक्तिबाटै सामाजिक कामहरू सम्भव हुने बताउँदै युवाहरूलाई सक्रियतापूर्वक लाग्न सुझाव दिए। उनले निरोगी व्यक्तिको रगतबाट रोगीको ज्यान बच्ने हुनाले रक्तदानजस्तो पुण्य कार्यमा युवा सक्रियताको प्रशंसा गरे।
उद्घाटन समारोहमा गापा उपाध्यक्ष ममता महतो, वडाध्यक्षहरू विजय गैरे, फरमान मियाँ, थारू कल्याणकारी समितिका केन्द्रीय सदस्य नन्दकिशोर पञ्जियारलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
समाजका अध्यक्ष्F शनि चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्