४८ लाख मूल्य बराबरको सामान बरामद

0
51

प्रस, वीरगंज, ४ मङ्सिर/
बारा प्रहरीले करीब साढे ४८ लाख मूल्य बराबरको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, बारा मातहतको इलाका प्रहरी कार्यालय जितपुर र सिम्रौनगढबाट ४८ लाख ६१ हजार मूल्य बराबरको भन्सार छलीका विभिन्न सामान तथा सवारी साधन बरामद गरी आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय पठाएको छ।
बाराका प्रहरी नायब उपरीक्षक गौत्तम मिश्रका अनुसार दशै,तिहार तथा छठको विभिन्न समयमा भारतबाट भन्सार छली चोरी पैठारी नेपाल भिœयाइएको रेडिमेड कपडा, किराना मालसामान एवं ती समान भिœयाउन प्रयोग भएको प्र.३–०१–०२२ च ७०७० नं. को कार एक थान,मोटरसाइकल एक थान गरी कुल रु ४८ लाख ६१ हजार मूल्य बराबरको सामान तथा दुईजना व्यक्ति पक्राउ गरी हिजो वीरगंज भन्सार कार्यालय पर्सामा दाखिला गरेको हो। पर्सा र बाराको ग्रामीण नाकाबाट चाडपर्वको बेला विभिन्न सामान तस्करी हुने गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्