शिक्षाबारे दलित बालबालिकासँग अन्तरक्रिया

71

प्रस, वीरगंज, ४ मङ्सिर/
पिसफोर दलित फाउन्डेशन नेपालको आयोजना तथा सिसिबिएन नेपालको आर्थिक सहयोगमा सखुवापरसौनी गाउँपालिका–५, महुवनमा दलित बालबालिकासँग शिक्षाबारे छलफल, अन्तरक्रिया भएको छ।
अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दलित बालबालिकाको शिक्षामा पहुँच तथा विद्यालय टिकाउ अभियानको लागि दलित बालबालिकासँग छलफल अन्तरक्रिया गरिएको फाउन्डेशन नेपाल पर्साका अध्यक्ष मनोज रामले बताए।
छलफलमा सहभागी दलित बालबालिकाहरूसँग शिक्षाको महत्व, विद्यालयमा टिकाउन के गर्न सकिन्छ, दलित समुदायमा शिक्षाको अभियानको अवस्था, दलित बालबालिकालाई उच्च शिक्षा दिनेबारे छलफल भएको थियो।
छलफलमा सहभागी दलित बालबालिकाहरूले पढ्ने इच्छा भएपनि आर्थिक अवस्था कमजोर भएको, अभिभावकको आयस्रोतबाट शैक्षिक सामग्री किन्न नसकिनेजस्ता कुरा बताएका थिए। पिस फर दलित नेपाल, पर्साका अध्यक्ष रामले कोरोना भाइरसबाट जोगिनको लागि महुवनमा दुई समूहमा अन्तरक्रिया गरिएको र दुई समूहमा गरी १११ जना दलित बालबालिका सहभागी रहेको बताए। कार्यक्रमको सहजीकरण अध्यक्ष रामले गरेका थिए भने सचिव दिपेन्द्र राम, उदय राम, श्रीकान्तीदेवी, सुरेन्द्र पासवान, अशोक रामलगायतले सहयोग गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्