मुस्लिम समुदायद्वारा प्रदर्शन

0
83

राधेश्याम पटेल, वीरगंज, ४ मङ्सिर/
चीनको उइगुुरमा मुस्लिम समुदायमाथि भएको दमन, शोषण तथा मानव अधिकार हननको घटनाप्रति वीरगंजका मुस्लिम समुदायको ध्यानाकर्षण भएको छ।
वीरगंजका इस्लाम धर्मावलम्बीहरूले सो घटनाको निन्दा गर्दै वीरगंजमा प्रदर्शन गरेका छन्। जमिअत उल्माए नेपाल वीरगंजको अगुवाइमा वीरगंजमा चीन विरोधी प्रदर्शन भएको छ भने स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाइएको छ। जमिअ उल्माए नेपालका केन्द्रीय सहअध्यक्ष मौलाना अलि असगर मदनीको नेतृत्वमा छपकैया, यतिमखानाबाट घण्टाघरसम्म –याली निकाली विरोध प्रदर्शन गरिएको थियो।  
कार्यक्रममा केन्द्रीय सचिव मौलाना अमिर हम्जा, केन्द्रीय सदस्य मौलाना सबिर काश्मी, मुफ्ती जहुर, अहमद नोमानी र जिल्ला पर्सा जमिअत उल्माए नेपालका अध्यक्ष कारी नेक महम्मद, सचिव मौलाना रफिक, बारा जमिअत उल्माए नेपालका अध्यक्ष मौलाना सुलेमान, मौलाना अब्दुल कादिर, विद्यार्थी सङ्घ नेपाल पर्साका अध्यक्ष कारी अतिउल्लाह, सचिव मोहम्मद रिजवान, जिल्ला बाराका अध्यक्ष सगीर काश्मी, सचिव मोहम्मद जावेदलगायत विभिन्न मुस्लिम समुदायका अगुवाहरूको सहभागिता थियो।
प्रदर्शनपछि पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई चीनमा मुस्लिम समुदायमाथि भइरहेका दमन, शोषण रोक्न नेपाल सरकारले पहल गर्न अपिल गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्