मङ्गोल अर्गनाजेशनको प्रशिक्षण

95

प्रस, निजगढ, ४ मङ्सिर/
मङ्गोल नेशनल अर्गनाजेशन (डा. गोपाल गुरुङ) समूहको बिहीवार निजगढमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमका सहभागीहरूलाई अर्गनाइजेशनका सङ्घीय सदस्य नरेन्द्र थुलुङले मङ्गोल जातिको उत्पत्ति तथा वर्तमान अवस्थाबारे प्रकाश पार्दै अधिकार प्राप्तिको लागि मङ्गोल जातीय एकता अपरिहार्य रहेको बताए। उनले मुलुकको जनसङ्ख्यामा ८० प्रतिशतभन्दा बढी मङ्गोल जाति रहेको दाबी गर्दै राज्य सत्ता सञ्चालनको तहमा भने सधैं पछाडि परेको तर्क गरे।
निजगढ कर्भड हलमा भएको  कार्यक्रममा अर्गनाइजेशनको प्रदेश नं. १ प्रदेश कमिटीका सदस्य नरेन्द्र चाम्लिङ, प्रदेश नं. ३ का प्रमुख सेरप तामाङ र प्रदेश ३ का युवा प्रमुख मन्दिरा मोक्तानले प्रशिक्षण दिएका थिए। विजयकुमार लामाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लीलाराना मगरले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्